Sat. May 18th, 2024

प्रधान सेनापति र चीनका राजदूतबीच भेटघाट

काठमाण्डू, २०७९ माघ २६ गते बिहीबार । नेपालका लागि चिनियाँ राजदूत छन सोङ र प्रधान सेनापति प्रभुराम शर्माबीच भेटवार्ता भएको छ ।

आज जङ्गी अड्डामा प्रधान सेनापति शर्मा र राजदूत सोङबीच भेटवार्ता भएको हो । नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले दिएको जानकारी अनुसार भेटवार्तामा द्विपक्षीय हित र पारस्परिक सम्बन्धका विविध विषयमा छलफल भएको छ ।यस भेटले दुई देशबीच प्राचिनकालदेखि रहँदै आएको सुमधुर सम्बन्धलाईअझ प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।

नेपाल र चीनबीच समय समयमा संयुक्त रुपमा सैन्य अभ्यास जस्ता महत्वपूर्ण कार्यक्रमहरु हुँदै आएका छन् । नेपाल र चीनले विश्व शान्ति र मानवीय सहायताका लागि संयुक्त राष्ट्र संघस्थित शान्ति सेनामा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन् ।

Facebook Comments