Mon. May 13th, 2024

सभामुख घिमिरे र चिनियाँ राजदूतबीच भेटवार्ता

भिओके समाचार/काठमाण्डू, २०७९ माघ २५ गते बुधबार । सभामुख देवराज घिमिरे र नेपालका लागि चिनियाँ राजदूत छन् सोङबीच भेटवार्ता भएको छ ।

सिंहदरबारस्थित सभामुखको कार्यालयमा भएको भेटमा उहाँहरुबीच द्विपक्षीय मैत्रीपूर्ण सम्बन्ध, संसदीय गतिविधि आदानप्रदान लगायत विषयमा छलफल भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ । सो अवसरमा ‘एक चीन नीति’प्रति नेपाल दृढ रहेको जनाउँदै सभामुख घिमिरेले कोभिड-१९ को महामारीमा चीनले स्वास्थ्य सामग्री र खोपका लागि पु-याएको सहयोगको प्रशंसा गर्नुभयो । भूकम्पपछिको पुनःनिर्माणमा चीनबाट भएको सहयोग पनि स्मरणीय रहेको बताउँदै सभामुख घिमिरेले अब दुई देशका नाकाहरु क्रमशः खुलाउन सहयोग हुने विश्वास व्यक्त गर्नुभयो ।

चिनियाँ राजदूत सोङले सभामुख घिमिरेको कार्यकालको सफलताका लागि शुभकामना दिनुभयो । सो अवसरमा चिनियाँ राजदूतले चीनको राष्टिय जनकांग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्सुले सभामुख घिमिरेलाई पठाउनु भएको शुभकामना सन्देश हस्तान्तरण गर्नुभएको थियो ।

Facebook Comments