Fri. May 3rd, 2024

राष्ट्रपतिद्वारा षडानन्द र योगमायाको सालिक अनावरण   

बालागुरु षडानन्दको जन्मथलो दिङ्लामा बुधबार षडानन्दको सालिक अनावरण गर्नुहुँदै राष्ट्रपति विद्यादेवी भण्डारी। तस्बिर : भविन कार्की / रासस

भोजपुर, २०७९ माघ २५ गते बुधबार । राष्ट्रपति विद्यादेवी भण्डारीले बालागुरु षडानन्द अधिकारी र क्रान्तियोद्धा योगमायाको सालिक अनावरण गर्नुभएको छ ।

साल्पासिलिछो गाउँपालिका-१, गौडेनीमा बुधबार क्रान्तियोद्धा योगमायाको प्रतिमा अनावरण कार्यक्रममा सहभागी हुनुहुँदै राष्ट्रपति विद्यादेवी भण्डारी । तस्बिरः युवराज विष्ट / रासस

राष्ट्रपति भण्डारीले आज षडानन्दको जन्म भएको ठाउँमा राखिएको सालिक र योगमायाको तपोभूमि साल्पासिलिछो-१ गौडेनीमा राखिएको योगमायाको सालिक अनावरण गर्नुभएको हो ।

राष्ट्रपति भण्डारीले दिङ्लामा रहेको राम-सीता मन्दिरको दर्शन, षडानन्द वेद विद्याश्रमको अवलोकन, कैलाश डाँडाको आवलोकन, षडानन्द माध्यमिक विद्यालय र अरुण माध्यमिक विद्यालयको अवलोकन गर्नुभएको हो ।

षडानन्द नगरपालिका-१ मझुवाबँेसीमा निर्माण हुन लागेको योगमाया पार्कको प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शिलान्याससमेत गर्नुभएको छ । यो स्थानमा निर्माण हुने पार्कको विस्तृत परियोजना प्रतिवेदन तयार भएको षडानन्द नगरपालिकाका प्रमुख सुरेन्द्रकुमार उदासले जानकारी दिनुभयो । रासस

Facebook Comments