Fri. Apr 19th, 2024

नेपाल साफ यू-२० महिला च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश

काठमाण्डू, २०७९ माघ २४ गते मंगलबार । नेपाल बंगलादेशमा जारी साफ यू-२० महिला च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

ढाकास्थित मुस्तोफा कमल स्टेडियममा मंगलबार भारतलाई ३-१ गोल अन्तरले हराउँदै नेपाल फाइनलमा पुगेको हो । नेपालको जितमा अन्जली चन्द, प्रिती राई र अमिषा कार्कीले एक एक गोल गनुभर्यो ।भारतकी अपूर्ण नार्जारीले गोल गनुभयो नेपालले एक गोलको सुरुआती अग्रता उल्टाएर भारतलाई हराएको हो । खेलको २० औं मिनेटमा अपूर्ण नार्जारीले गोल गर्दै भारतलाई सुरुआती अग्रता दिलाउनु भएको थियो । तर, खेलको दोस्रो हाफमा नेपाल खेलमा फर्कियो । खेलको ४८ औं मिनेटमा अन्जली चन्दले गोल गर्दै नेपाललाई १-१ गोलको बराबरीमा ल्याउनुभयो । खेलको ६९ औं मिनेटमा कप्तान प्रिती राईले पेनाल्टीमार्फत गोल गर्दै नेपाललाई २-१ को अग्रता दिलाउनु भयोे ।

त्यसपछि खेलको ८९ औं मिनेटमा अमिषा कार्कीले गोल गर्दै नेपाललाई ३-१ को जित दिलाउनुभयो जितसँगै नेपालले ३ खेलमा ६ अंक जोड्यो । नेपाल शीर्ष स्थानमा समेत उक्लिएको छ ।

Facebook Comments