Fri. Apr 19th, 2024

साढे ७६ अङ्कभन्दा बढीले बढ्यो नेप्से

काठमाण्डू, २०७९ माघ २४ गते मंगलबार । आज शेयर बजार उच्च अंकले वृद्धि भएको छ । नेप्से सूचक ७६.६४ अंकले बढेर २१७७.३४ को विन्दुमा पुगेको छ ।

आज सेन्सेटिभ इण्डेक्स ३.२० अंकले बढेको छ भने फ्लोट इण्डेक्स ३.६४ अंकले बढेको छ । आज कूल २६० कम्पनीको ९३ लाख ३३ हजार ७८८ कित्ता शेयर ३ अर्व ३६ करोड २२ लाख ६७ हजार ७८ रुपैयाँ ७५ पैसामा खरिदबिक्री भएको छ । आज १३ वटा उपसमूह सूचकहरू बढेका छन् । आज लगानी समूह सर्वाधिक ६.२५ प्रतिशतले बढेको छ भने विकास बैङ्क समूह, वित्तीय समूह र जलविद्युत समूह ५ प्रतिशतभन्दा बढीले बढेका छन् । आज ४ वटा कम्पनीको शेयर सकारात्माक सर्किट लेभलमा कारोबार भएको छ भने ४ वटा कम्पनीको शेयर ९ प्रतिशतभन्दा बढीले बढेका छन् ।

आज बरुण हाइड्रोपावर लिमिटेड, खानीखोला हाइड्रोपावर लिमिटेड, बरुण हाइड्रोपावर लिमिटेड, राधी विद्युत् कम्पनी लिमिटेड आदर्श लघुवित्त संस्था लि ले सकारात्माक सर्किट लेभलमा कारोबार गरेका छन् । त्यस्तै आज रिडी पावर कम्पनी, ग्रीन भेन्चर्स लिमिटेड, हिमालयन हाइड्रोपावर लिमिटेडले ९ प्रतिशतभन्दा बढिको नाफा कमाएका छन् । कारोबार रकमका आधारमा आज एनआईसी एशिया बैङ्क शीर्ष स्थानमा रहेको छ । आज उक्त कम्पनीले १२ करोड ९२ लाख ४२ हजार ७ सय २६ रुपैयाँ बराबरको कारोबार गरेको छ ।

Facebook Comments