Sat. May 4th, 2024

प्रधानमन्त्री र काठमाण्डु महानगर प्रमुखबीच भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र काठमाण्डु महानगरपालिकाका प्रमुख बालेन शाहबीच सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता हुँदै । तस्बिर : प्रदीपराज वन्त, रासस

काठमाण्डु, २०७९ माघ १६ गते सोमबार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग काठमाण्डु महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले आज भेटवार्ता गर्नुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको भेटवार्तामा उहाँहरुबीच काठमाण्डु महानगरलाई सफा, सुन्दर र आकर्षक बनाउने तथा विकासको निर्माणको कामलाई कसरी गति दिन सकिन्छ भन्ने विषयमा कुराकानी भएको थियो ।

सो अवसरमा प्रधानमन्त्री दाहालले महानगरको काम कारबाहीको बारेमा चासो राख्नुभएको थियो । काठमाण्डुका प्रमुख शाहले महानगरको काम कारबाहीका बारेमा प्रधानमन्त्रीलाई जानकारी गराउनुभएको थियो ।

Facebook Comments