Sat. May 4th, 2024

प्रधानमन्त्री दाहाल र सुदूरपश्चिमका मुख्यमन्त्री रावलबीच भेट   

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग सुदुरपश्चिमका मुख्यमन्त्री राजेन्द्र रावलबीच प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान बधाई तथा शुभकामना अदानप्रदान गर्नुहुँदै । तस्बिर : प्रदीपराज वन्त, रासस

काठमाण्डौं, २०७९ माघ ९ गते सोमबार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले भेटवार्ता गर्नुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको भेटवार्तामा उहाँहरुबीच बधाई आदानप्रदान भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

रावल गत पुस २७ गते सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । उहाँलाई नेकपा (माओवादी केन्द्र), नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले समर्थन गरेका थिए । रासस

Facebook Comments