Sat. May 18th, 2024

प्रधानमन्त्री दाहाल र सभामुख घिमिरेबीच भेटवार्ता   

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख देवराज घिमिरेबीच सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता गर्नुहुँदै । तस्बिर : प्रदीपराज वन्त, रासस

काठमाण्डौं, २०७९ माघ ९ गते सोमबार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नवनिर्वाचित सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको सो भेटमा उहाँहरुबीच समसामयिक विषयमा छलफल भएको थियो ।

सभामुखमा निर्वाचित भएपछि उहाँले पहिलोपटक प्रधानमन्त्रीलाई भेट्नुभएको हो । नेकपा (एमाले)का सांसद घिमिरे यही माघ ५ गते सत्ता साझेदार दलको समर्थनमा सभामुख पदमा निर्वाचित हुनुभएको थियो । उहाँलाई नेकपा (माओवादी केन्द्र) राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टीलगायत राजनीतिक दलले समर्थन गरेका थिए । रासस

Facebook Comments