Fri. Apr 26th, 2024

सुर्खेतमा हाइलेक्स गाडी दुर्घटना : चार जनाको मृत्यु

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११, भुप्राखोला नजिक आइतबार दुर्घटना ग्रस्त गाडी । आइतबार बिहान साढे २ बजे दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । सुर्खेतको भेरीगङ्गा नगरपालिका छिन्चुबाट वीरेन्द्रनगरतर्फ आउँदै गरेको बा.प्र. ०१०२६ च ९२१३ नम्बरको डबल क्याप गाडी रत्नराज मार्गअन्तर्गत वीरेन्द्रनगर–११ झुप्राखोला नजिक दुर्घटना हुँदा चालकसहित चार जनाको मृत्यु भएको हो । तस्बिरः सुरेश आचार्य, रासस

काठमाण्डौं, २०७९ माघ ८ गते आईतबार । सुर्खेतमा हाइलेक्स गाडी दुर्घटनाहुँदा चार जनाको मृत्यु भएकाे छ । छिन्चुदेखि सदरमुकाम वीरेन्द्रनगरतर्फ आउँदै गरेकाे बा.प्र. ०१०२६ च ९२१३ नम्बरको हाइलेक्स गाडी गएराती रत्नराजमार्गको झुप्राखोला नजिक दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हाे।

मृत्यु हुनेमा गाडीका चालक दैलेख डुङ्गेश्वर गाउँपालिका-७, का २७ वर्षीय सागर शाही, डुङ्गेश्वर गाउँपालिका-७ कै ३३ वर्षीय दिपेन्द्रजंग शाही, दैलेखकै भगवतीमाई गाउँपालिका-५, का ३१ वर्षीय बविन शाही र दैलेख गराँस गाउँपालिका-३, का  ३६ बस्ने बर्षका राजेन्द्र बिसी रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

दुर्घटनामा घाइते दैलेखको भैरवी गाउँपालिका-५, का २६ वर्षीय वीरेन्द्रराज शाहीको प्रदेश अस्पताल कालागाउँमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी (डिएसपी) सुरज कार्कीले जानकारी दिनु भयो । उहाँका अनुसार गएराती करिब २ः३० बजेको समयमा गाडी अनियन्त्रित भई सडकदेखि ८० मिटर तल खसेको थियो ।

Facebook Comments