Mon. May 6th, 2024

माओवादीबाट सुदन किराँती, रेखा शर्मा र अमनलाल मोदी मन्त्री बन्दै

काठमाण्डौं, २०७९ माघ ३ गते मंगलबार । नेकपा (माओवादी केन्द्र)ले सरकारमा सहभागी हुनेको नाम टुङ्गो लगाएको छ । माओवादीबाट रेखा शर्मा, सुदन किराँती र अमनलाल मोदी मन्त्री तथा सुशीला श्रीपाली राज्यमन्त्री बन्ने टुङ्गो भएको केन्द्रीय सदस्य मनोहरि तिमिल्सिनाले जानकारी दिनुभयो ।

शर्मा सूचना, सञ्चार तथा प्रविधि, किराँती संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र मोदी सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्रीका रुपमा शपथ लिने उहाँले जानकारी दिनुभयो । श्रीपालीलाई पर्यटन राज्यमन्त्री तोकिएको छ ।

Facebook Comments