Sun. May 5th, 2024

शेयर बजार दोहोरो अंकले वृद्धि

भिओके समाचार/काठमाण्डौं, २०७९ पुस १८ गते सोमबार । सोमबार नेप्से सूचक १७.५६ अंकले बढेर २०६३.८३ को विन्दुमा पुगेको छ । आज सेन्सेटिभ इण्डेक्स ०.८८ अंकले बढेको छ भने फ्लोट इण्डेक्स १.६१ अंकले बढेको छ । आज कूल २५३ कम्पनीको ८२ लाख ७१ हजार ३ सय ५५ कित्ता शेयर २ अर्व ९६ करोड ९ लाख २७ हजार ४ सय ४० रुपैयाँ ६७ पैसामा खरिदबिक्री भएको छ ।

आज १० वटा उपसमूह सूचकहरू बढेका छन्  भने ३ वटा घटेका छन् । आज , विकास बैंक समूह १ प्रतिशतले बढेको छ । त्यस्तै, होटेल तथा पर्यटन समूह २.८४, जलविद्युत समूह १.५२ , जीवन बीमा समूह ०.५२ , लघुवित्त समूह १.०८ , निर्जीवन बीमा समूह ३.०६, व्यापार समूह ३.५२ र लगानी समूह ०.२३ प्रतिशतले बढेका छन् ।  सोमबार धौलागिरी लघुवित्त र श्रृजनशील लघुवित्तले  लघुवित्तले सकरात्मक सर्किट लेभलमा कारोबार गरेका छन् भने खप्तड लघुवित्त, अजोड बीमा सीमित, प्रभु जीवन बीमा कम्पनीको शेयर ९ प्रतिशत भन्दा बढिमा कारोबार भएका छन् ।

त्यस्तै आज उत्पादन तथा प्रशोधन समूह ०.७१, म्युचुअल फण्ड ०.६२ र अन्य १.५२ प्रतिशतले  घटेका छन् । त्यस्तै आज एनएमबी ५० ले सबैभन्दा बढि घाटा बेहोरेको छ उक्त कम्पनीले ४.८० प्रतिशथ घाटा बेहोरेको छ । आज नेपाल दुरसञ्चार प्राधिकरणको शेयर ४.०१ प्रतिशतले घटेको छ ।

आज नबिल बैंकको सबैभन्दा धेरै १६ करोड ८४ लाख ५१ हजार २ सय ८२.८०  रुपैयाँको शेयर कारोबार भएको छ भने, हिमालयन डिस्टिलरीले १६ करोड ६४ भन्दा बढिको शेयर कारोबार गरेको छ । त्यस्तै आज एनआइसी ११ करोड भन्दा बढिको शेयर कारोबार गरेको छ।

Facebook Comments