Sat. May 18th, 2024

लिबियामा अज्ञात व्यक्तिका १८ वटा शव भेटिए

लिबिया, २०७९ पुस १८ गते सोमबार । लिबियाका अधिकारीहरुले उत्तरी तटीय सहर सिर्तेमा अज्ञात व्यक्तिका १८ ओटा शव भेटिएको आइतबार जनाएका छन् ।

अधिकारीहरुका अनुसार सिर्ते सबा क्षेत्रमा गत हप्ता ती शवहरु भेटिएपछि ती शव नजिकैको एक सरकारी अस्पतालमा लगिएको छ ।

बेपत्ता व्यक्तिहरुको खोजी गर्ने सरकारी निकायका एक अधिकारीले ती शव भेटिएपछि अस्पताल पु-याइएको र उनीहरुको पहिचानका लागि प्रयोगशालामा अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।

उनले ती व्यक्ति को हुन् र के कति कारणले उनीहरुको मृत्यु भएको हो या हत्या भएको हो भन्ने विषयमा अनुसन्धान सुरु भएको जनाएका छन् । गएको अक्टोबर महिनामा पनि सिर्ते क्षेत्रकै एउटा सरकारी विद्यालयमा गाडिएको अवस्थामा ४२ वटा शव भेटिएको प्रहरीले जनाएको थियो ।

सन् २०१६ मा सिर्ते सहरबाट विस्थापित गर्नुअघि सो सहरमा यहाँका स्लामिक स्टेट अतिवादीहरुले कब्जा जमाएका थिए । सोही समयमा कैयौँ व्यक्तिको हत्या पनि भएको थियो ।

पछिल्लो समयमा भेटिने गरेका अज्ञात शवहरु उनीहरुले नै हत्या गरेका हुनसक्ने अनुमान लिवियाको प्रहरीले गरेको छ । एजेन्सी

Facebook Comments