Thu. May 16th, 2024

अन्तरदेशीय रेलमार्ग निर्माणमा सँगै काम गर्ने चीनको चाहना : वाङ सिन

काठमाण्डौं, २०७९ पुस १८ गते सोमबार । नेपालका लागि चीनका कार्यवाहक राजदूत वाङ सिनले हिमालपारि अन्तरदेशीय रेलमार्ग निर्माणमा सँगै काम गर्ने बताउनु भएको छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन समारोहलाई आइतबार सम्बोधन गर्नुहुँदै उहाँले चीन-नेपाल अन्तरदेशीय रेलमार्ग निर्माण नेपाली नेता र जनताको अपेक्षा भएको बताउनु भयो ।

“चीन नेपाल “अन्तरदेशीय रेलमार्ग” निर्माण नेपाली नेता र आम जनताको अपेक्षा हो । दुई देशका नेताबीच भएको सहमति अनुसार चीनले नेपालको सीमापार रेलमार्गको सम्भाव्यता अध्ययनमा सहयोग पुर्याउन नेपाललाई दिएको सहायता प्रयोग गर्न चीन सहमत भएको छ । यस अन्तरदेशीय रेलमार्ग निमार्णको महत्वपूर्ण चरणमा चिनियाँ प्राविधिक विज्ञ टोली भख्खरै नेपाल आएको छ र “भूपरिवेष्ठित मुलुकबाट भूजडित मुलुक” बन्ने नेपालको सपना अन्नतः सकाकार हुनेछ ।” कार्यवाहक राजदूत वाङ सिनले भन्नु भएको छ ।

सम्वोधनको पूर्ण विवरण हेर्न तल क्लिक गर्नुहोस् ।

(सस)尼文版 博克拉机场致辞

Facebook Comments