Fri. May 17th, 2024

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हिमालय एअरलाइन्सको एअरबस अवतरण

कास्की, २०७९ पुस १८ गते सोमबार । हिमालय एअरलाइन्सको एयरबस ए ३२० ९एन-एएलभी आइतबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थल (पीआईए) मा सफलतापूर्वक अवतरण गरेको छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै हिमालयन एअरलाइन्सको एअरबसले प्रदर्शनी उडान गरेको हो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन समारोहका लागि हिमालय एअरलाइन्सले हिजो दिउँसो १ बजेर ११ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए) काठमाण्डौंबाट उडान भरेर १ बजेर ४४ मिनेटमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

नेपाल टेलिभिजनका अनुसार हिमालय एअरलाइन्स्को यो एअरबस पोखरामा अवतरण गर्ने पहिलो एअरबससमेत बनेको छ । विमान हिजै ३ बजेर ४४ मिनेटमा पोखराबाट उडान भरेर चार बजेर १७ मिनेटमा काठमाडौँमा अवतरण गरेको थियो ।

Facebook Comments