Mon. May 6th, 2024

चार्ल्स शोभराजलाई सरकारले फ्रान्स पठायो, १० वर्षसम्म नेपाल आउन नपाउने

- चाल्स शोभराज

काठमाण्डौं, २०७९ पुस ८ गते शुक्रबार । सर्वोच्च अदालतको आदेशानुसार फ्रान्सेली नागरिक चाल्र्स शोभराजलाई १० वषसम्र्म नेपाल आउन नपाउने गरी आज डिपोर्ट गरिएको छ । अध्यागमन विभागका निमित्त महानिर्देशक प्रदर्शनी कुमारीका अनुसार आजै उनलाई कतार एयरवेजमार्फत फ्रान्स पठाइएको हो ।

French serial killer Charles Sobhraj sits in an aircraft departing from Kathmandu to France, on December 23, 2022. – French serial killer Charles Sobhraj, responsible for multiple murders in the 1970s across Asia, was freed on December 23 after spending almost 20 years in a Nepali prison. (Photo by Atish PATEL / AFP)

सर्वोच्च अदालतको आदेशपछि कैदमुक्त भएका शोभराजलाई आजै केन्द्रीय कारागारबाट रिहा गरिएको थियो । कारागार विभागका सूचना अधिकारी रामचन्द्र शिवाकोटीले केन्द्रीय कारागारबाट उनलाई रिहा गरी आज बिहान अध्यागमन विभागको जिम्मा लगाएको र त्यसपछिका सबै प्रक्रिया अध्यागमनले नै गरेको जानकारी दिनुभयो ।

सर्वोच्चको आदेशमा उनलाई १५ दिनभित्रै डिपोर्ट ९नेपाल छाड्न० आदेश दिएको थियो । उनीमाथि दुई विदेशी नागरिकको हत्या र नक्कली राहदानी प्रयोग गरेको मुद्दामा दोषी ठहर भई सर्वस्वसहित जन्मकैदको आदेश भएको थियो । उनलाई प्रहरीले विसं २०६० सालमा पक्राउ गरेको थियो ।

Facebook Comments