Tue. Apr 30th, 2024

धार्मिक सद्भावनै नेपालीबीचको एकता : प्रदेश प्रमुख खापुङ   

दमक, २०७९ पुस ७ गते बिहीबार । प्रदेश नं १ का प्रदेश प्रमुख पर्शुराम खापुङले सदियौँ वर्षदेखिको परस्पर धार्मिक सद्भावनै नेपालीबीचको एकता भएको बताउनुभएको छ । ख्रीष्टमसका अवसरमा बुधबार दमकमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले बहुजातीय एवं बहुधर्मावलम्बीबीचको सुमधुर एकताले राष्ट्रिय एकता मजबुत बनाएको स्पष्ट पार्नुभयो ।

इसाई धर्मावलम्बीको चाड ख्रीष्टमसको शुभकामना दिँदै प्रदेश प्रमुख खापुङले भन्नुभयो, “धार्मिक सद्भाव, सहिष्णुता कायम राख्नु हामी सबैको साझा कर्तव्य हो, यसमा सबै धर्मनुरागीको ध्यान जानुपर्छ ।” सरकारले सबै धर्म सम्मान र विकासमा टेवा दिनुपर्ने चर्चा गर्नुहुँदै उहाँले सबै धर्म र संस्कृतिको मजबुत भए मात्र राष्ट्रियता बलियो हुने धारणा राख्नुभयो ।

सो अवसरमा उहाँले वृद्धवृद्धा ९१ वर्षीया विष्णुमाया बस्नेत र ९३ वर्षीय प्रेम लामालाई सम्मान गर्नुभएको थियो । इसाई समाजका आबद्ध ती दुई ज्येष्ठ नागरिकलाई दीर्घ जीवनको शुभकामनासहित सम्मानपत्रद्वारा सम्मान गरिएको समाजका अध्यक्ष राजकुमार राईले बताउनुभयो ।

कार्यक्रममा दमक नगरपालिका–७ का वडाध्यक्ष तथा कार्यवाहक नगर प्रमुख भीमप्रसाद पौडेल, विआइसी चर्च विराटनगरका सिनियर पाष्टर डा शेमलाल बेम्ब्रोमलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रम पूर्वइसाई धर्मावलम्बीले शान्ति -याली प्रदर्शन गरेका थिए । ¥यालीमा सहभागीले विभिन्न प्लेकार्ड बोकेर दमक चोक, बजार परिक्रमा गरेका थिए । रासस

Facebook Comments