२०८३ आश्विन ४, आइतवार

एलन मस्कले ट्वीटर कम्पनीको प्रमुख कार्यकारी अधिकृतको पद छोड्ने

       

काठमाण्डौं, २०७९ पुस ६ गते बुधबार । एलन मस्कले ट्वीटर कम्पनीको प्रमुख कार्यकारी अधिकृतको पद छोड्ने बताउनु भएको छ ।

ट्वीट गर्दै मस्कले सो पदकालागि उपयुक्त पात्र फेला पारेपछि आफुले छोड्ने बताउनु भएको हो । दुई दिन अघी उहाँले ट्वीटरका प्रयोगकर्तामाझ सो पद छोड्ने वा बस्ने भन्ने बारेमा प्रश्न गर्दै सर्वेक्षण गर्नुभएको थियो। त्यस बखत १ करोड ७५ लाख मत मध्ये करिब ५८ प्रतिशतले मस्कलाई प्रमुख कार्यकारी अधिकृतको पद छोड्न सुझाव दिएका थिए ।

नेपाल टेलिभिजनका अनुसार ट्वीटर कम्पनी खरिद गरेपछि मस्कले कम्पनीका आधी भन्दा बढी कर्मचारीलाई निकाल्नुकासाथै ट्वीटरमा देखिने निलो चराकालागि पैसा लाग्ने निर्णय गर्नुभएको थियो। साथै शुक्रवार मात्र ट्वीटरमा जोडिएका केही पत्रकारलाई हटाएको भन्दै संयुक्त राष्ट्र संघ र युरोपियन युनियनले मस्कको आलोचना गरेका थिए ।

Facebook Comments