Wed. Dec 25th, 2024

जाडोले जनजीवन प्रभावित

महोत्तरी, २०७९ मंसिर २९ गते बिहीबार । महोत्तरीलगायत तराईका विभिन्न जिल्लाहरुमा जाडो बढेपछि जनजीवन प्रभावित भएको छ । विगत चार पाँचदिनदेखि लगातारको शीतलहर, कठ्याङ्ग्रिने चिसो हावा, हुस्सु र बाक्लो कुहिरोका कारण महोत्तरी जनजीवनका साथै पशुपक्षी र बालीनालीसमेत प्रभावित भएका छन् ।

चिसोकै कारण अहिले जिल्ला सदरमुकाम जलेश्वरसहित जिल्लाको सहरी तथा ग्रामीण भेगमा मानिसको चहलपहलमा कमी आएको छ । जाडो बढेसँगै बजारमा न्यायो कपडाको बिक्री पनि बढेको छ भने हाटबजारमा मानिसको उपस्थिति कम हुन थालेको छ । चिसोको कारण बालबालिका, वृद्धवृद्धा र सुत्केरी महिलामा रुखाखोकी, ज्वरो, दम, हातगोडा सुनिने, दुख्ने लगायतका समस्या देखिएको जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीका प्रमुख डा. सतिशकुमार साहले बताउनुभयो । महोत्तरीको ग्रामिण क्षेत्रमा जाडोबाट बच्नका लागि स्थानीयले आगो बालेर ताप्न थालेका छन् ।

जाडोकै कारण ग्रामीण भेगमा पशुपन्छी तथा दलहन, तेलहन र तरकारी बालीमा असर परेको जलेश्वर नगरपालिका ८ का किसान आशनारायण मण्डलले बताउनुभयो । रासस

Facebook Comments