Sun. May 19th, 2024

दक्षिण सुडानको हिंसामा १ सय ६६ जना मारिए

जुबा, २०७९ मंसिर २९ गते बिहीबार । वितेका चार महिनामा दक्षिण सुडानमा कम्तीमा एक सय ६६ जनाको ज्यान गएको छ । संयुक्त राष्ट्रसङ्घका अनुसार देशका विभिन्न भागमा भएका हिंसात्मक घटनामा उनीहरुको मृत्यु भएको हो ।

दक्षिण सुडानमा गएका केही वर्षदेखि हिंसा जारी रहेको छ । यस क्रममा गत चार महिनामा मात्र यहाँको हिंसामा परेर कम्तीमा पनि एक सय ६६ जनाले ज्यान गुमाएका संयुक्त राष्टसङ्घले जनाएको हो ।

संयुक्त राष्टसङ्घीय मानवअधिकार सम्बन्धी उच्च आयोगका प्रमुख भोल्कर टर्कले सो कुराको जानकारी दिनुभएको हो । यहाँ पछिल्ला केही महिनायता अपर नाइल राज्यमा यस्तो हिंसा भएको छ । गएको चार महिनामा मारिनेहरुमा पनि अधिकांश यही राज्यका नागरिक रहेको बताइएको छ ।

उच्च आयुक्त टर्कले सो क्षेत्रबाट हजारौँ नागरिक विस्थापित पनि भएका छन् । विस्थापित हुनेहरुको अवस्था निकै नै नाजुक रहेको पनि संयुक्त राष्टसङ्घले जनाएको छ ।

सो क्षेत्रमा पछिल्ला केही समययता जातीय एवं लैंगिक प्रकारको हिंसा धेरै हुने गरेको पनि बताइएको छ । यस्तो हिंसामा नागरिकको हत्या, अपहरण, लुटपाट तथा उनीहरुका निजी सम्पत्ति ध्वस्त पार्ने गरिएको बताइएको छ ।   सिन्ह्वा

Facebook Comments