Mon. May 20th, 2024

सुनसरी-४ बाट नेपाली कांग्रेसका ज्ञानेन्द्र बहादुर कार्की विजयी

सुनसरी, २०७९ मंसिर १५ गते बिहीबार ।  सुनसरी निर्वाचन क्षेत्र नं ४ बाट नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्र बहादुर कार्की प्रतिनिधि सभा सदस्यमा विजयी हुनुभएको छ ।

सूचना तथा सञ्चारमन्त्री समेत रहनु भएका कार्कीले ३० हजार ४ सय ८३ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का जगदिश प्रसाद कुसियैतले ३० हजार ३ सय ७१ मत प्राप्त गर्नुभयो । उहाँहरुबीचको मतको अन्तर मात्र १ सय १२ रहेको छ ।

Facebook Comments