आजको फोटो फिचर
रानीवास गाउँ/ सुर्खेतको चिङ्गाड गाउँपालिका–२ स्थित रानीवास गाउँ । यहाँका युवाहरु रोजगारीको लागि विदेश जान थालेपछि घरहरु खरको छानोबाट टिनका छानोमा परिवर्तन भएका छन् । तस्बिरः सुरेश आचार्य, रासस
काठमाण्डौं, २०७९ मंसिर १४ गते बुधबार ।

ओखलढुङ्गाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित रामहरि खतिवडालाई ४० किलोको फूलको माला लगाएर सम्मान गर्दै स्थानीयबासी । निर्वाचित भएपछि मतदातालाई धन्यवाद दिन चम्पादेवी पुगेका खतिवडालाई चम्पादेवी गाउँपालिका-४ का स्थानीयले मङ्गलबार ४० किलोको फूलको मालाले सम्मान गरेका हुन् । तस्बिर : पूर्णप्रसाद न्यौपाने, रासस

सिन्धुलीको दुधौली नगरपालिका-२ भलुवाहीमा किसानले लगाएको तोरी बाली । यतिवेला बारीमा तोरी फुलेर पहेँलै भएको छ । तस्बिरः राधिका बुढाथोकी, रासस

जनकपुरधाममा प्रत्येक वर्ष धुमधाम साथ मनाइने राम-सीता विवाह पञ्चमी महोत्सवको छैठौँ दीन सोमबार सोमबार साँझ सजाइएको जानकी मन्दिरको मनमोहक दृश्य । तस्बिर : अजयकुमार साह, रासस

रुकुम(पूर्व) को भूमे गाउँपालिका-६ महतका महिलाहरु नजिकैको जंगलबाट दाउरा बोकेर फर्कँदै । तस्बिरः सर्जना कार्की, रासस

धनुषा-३ बाट प्रत्यक्ष प्रतिनिधि सभातर्फ निर्वाचित जुलीकुमारी महतो (महासेठ) र धनुषा-४ बाट प्रत्यक्ष प्रतिनिधिसभातर्फ निर्वाचित रघुवीर महासेठ । तस्बिर चन्द्रदेव साह, रासस

धनुषा-३ बाट प्रत्यक्ष प्रतिनिधि सभातर्फ निर्वाचित जुलीकुमारी महतो (महासेठ) र धनुषा-४ बाट प्रत्यक्ष प्रतिनिधिसभातर्फ निर्वाचित रघुवीर महासेठ । तस्बिर चन्द्रदेव साह, रासस
Facebook Comments

