Sat. Apr 27th, 2024

रघुवीर महासेठ धनुषा-४ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित

धनुषा, २०७९ मंसिर १३ गते मंगलबार । धनुषा निर्वाचन क्षेत्र नम्वर ४ बाट (नेकपा ) एमाले उम्मेदवार रघुवीर महासेठ ३२ हजार २ सय ३६ मतप्राप्त गरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ ।

यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतगणनामा उहाँले नेपाली कांग्रेसका महेन्द्र यादवलाई १ सय २४ मतले पछि पार्नुभएको हो । यादवले ३२ हजार १ सय १२ मत प्राप्त गर्नुभएको निर्वाचन कार्यालयले जनाएको छ । रासस

Facebook Comments