Fri. Apr 26th, 2024

आजको फोटो फिचर

- विजयी कार्कीलाई ३१ किलोको माला

नवलपरासी ९बर्दघाट सुस्ता पूर्व० क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएका नेपाली कांग्रेसका उम्मेदवार विष्णुकुमार कार्कीलाई सोमबार कावासोतीमा ३१ किलोको माला लगाएर स्वागत गरिँदै । तस्बिरः विष्णुप्रसाद गौडेल/रासस

काठमाण्डौं, २०७९ मंसिर १२ गते सोमबार ।

घुमाउरो सडक :
भोजपुर सदरमुकामबाट नागबेली आकारमा घुमाउरो देखिएको पिखुवा खोला झर्ने सडक । तस्बिर : युवराज विष्ट/रासस
शंखरापुरको देउरालीमा प्याराग्लाईडिङ
शंखरापुर नगरपालिका-२ को देउरालीडाँडाबाट उडाइएको प्याराग्लाइडिङ । यस स्थानमा शंखरापुर प्यराग्लाइडिङ कम्पनीले प्याराग्लाईडिङ उडान गर्ने गरेका छन् । यहाँ प्यराग्लाइडिङ उडान गर्ने पर्यटक आउने गर्छन् । तस्बिर : हरिराम भेटुवाल/रासस
विद्युत् पोल निकाल्दै :
कैलालीको टीकापुर बीच बजारबाट बिस्तार भएको ३३ केभी विद्युत् प्रशारण लाइन छ लेन सडक बिस्तार हुन थालेपछि विद्युतका पोल निकाल्दै कामदार । उक्त प्रशारण लाइन अर्को ठाउँबाट बिस्तार हुने भएको छ । तस्बिर : झलनाथ खनाल/रासस

 

अन्य बाली छोडेर सुन्तला खेती : कृषक पर्वतको मोदी गाउँपालिकास्थित देउपुरमा फलेका पहेँलपुर सुन्तला र पृष्ठभूमिमा देखिएको माछापुच्छ्रे हिमाल । राम्रो आम्दानी हुने भएपछि यहाँका किसानले कोदो र मकै लगाउन छाडेर सुन्तला खेती सुरु गरेका हुन् । तस्बिरः सुमनजङ्ग थापा/रासस
जानकी मन्दिर : विवाह पञ्चमी महोत्सवमा झिलिमिली पारिएको जनकपुरको जानकी मन्दिर
Facebook Comments