Sat. May 18th, 2024

सिन्धुपाल्चोक-१ मा माओवादीका ‘सुबोध’ विजयी

सिन्धुपाल्चोक, २०७९ मंसिर ८ गते बिहीबार ।  सिन्धुपाल्चोक-१ मा लोकतान्त्रिक-वाम गठबन्धनका माओवादीका उम्मेदवार माधव सापकोटा ‘सुबोध’ विजयी हुनुभएको छ ।

गत आइतबार सम्पन्न प्रतिनिधिसभा सदस्य एवं प्रदेशसभा निर्वाचनको भर्खर सम्पन्न मतगणनामा उहाँले नेकपा (एमाले) का सरेश नेपाललाई ३ हजार ३ सय ५४ मतान्तरले पछि पार्दै विजयी हुनुभयो । नवनिर्वाचित सापकोटाले ३० हजार ३ सय ७४ मत प्राप्त गर्नुभयो भने उहाँका प्रतिद्वन्द्वी नेपालले २७ हजार १८ मत पाउनुभएको निर्वाचन अधिकृत रुद्र सुवेदीले जानकारी दिनुभयो । रासस

Facebook Comments