Sat. May 18th, 2024

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल प्रतिनिधि सभा सदस्य निर्वाचित

भिओके समाचार/ तनहुँ, २०७९ मंसिर ८ गते बिहीबार । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल तनहुँ निर्वाचन क्षेत्र नम्वर १ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित हुनुभएको छ ।

पौडेलले २५ हजार ३ सय १८ मत प्राप्त गरी निर्वाचित हुनुभएको हो । उहाँका निकटतम् प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी ९एमाले० का एकबहादुर राना मगरले १९ हजार ९ सय ४३ मत प्राप्त गर्नुभएको निर्वाचन आयोगले जानकारी दिएको छ ।

Facebook Comments