Mon. Apr 29th, 2024

काठमाण्डौं ५ मा नेपाली कांग्रेसका प्रदीप पौडेल निर्वाचित

काठमाण्डौं, २०७९ मंसिर ६ गते मंगलबार । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेल प्रतिनिधि सभा सदस्यमा काठमाण्डौं निर्वाचन क्षेत्र नम्वर ५ बाट निर्वाचित हुनु भएको छ ।

निर्वाचन आयोगका अनुसार पौडेले १५ हजार २ सय ३७ मत ल्याई विजयी हुनु भएको हो । उहाँले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का उम्मेदवार ईश्वर पोखरेललाई ५०६२ मतान्तरले पराजित गर्नुभएको हो । पराजित ईश्वर पोखरेलले १० हजार १ सय ७५ मत प्राप्त गर्नुभएको छ ।

Facebook Comments