Mon. Apr 29th, 2024

काठमाण्डौं ३ बाट नेपाली कांग्रेसका सन्तोष चालिसे निर्वाचित

काठमाण्डौं, २०७९ मंसिर ६ गते मंगलबार । नेपाली कांग्रेसका उम्मेदवार सन्तोष चालिसे प्रतिनिधि सभा सदस्यमा काठमाण्डौं निर्वाचन क्षेत्र नम्वर ३ बाट निर्वाचित हुनु भएको छ ।

नेकपा एमालेका उम्मेदवार कृष्ण राईलाई ३ हजार ९ सय ६२ मतले पराजित गर्दै चालिसे निर्वाचित हुनुभएको हो ।

निर्वाचन आयोगका अनुसार चालिसेले १५ हजार १ सय ५८ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका राईले ११ हजार १ सय ९६ मत पाए प्राप्त गर्नुभएको छ ।

राई सोही निर्वाचन क्षेत्रबाट २०७४ सालमा प्रतिनिधिसभामा निर्वाचित हुनुभएको थियो ।

Facebook Comments