Mon. Apr 29th, 2024

म्याग्दीको प्रदेश २ मा गठबन्धनका जुग्जाली विजयी   

गलेश्वर, २०७९ मंसिर ६ गते मंगलबार । म्याग्दीको प्रदेशसभा २ मा गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) का रेशम जुग्जाली (सुविन) विजयी हुनुभएको छ ।

जुग्जाली उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार यामबहादुर गर्बुजालाई एक सय एक मतले पछि पार्दै निर्वाचित हुनुभएको हो । जुग्जालीले नौ हजार चार सय ५४ मतसहित विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । गर्बुजाले नौ हजार तीन सय ५३ प्राप्त गर्नुभएको छ ।

माओवादी केन्द्रका म्याग्दी संयोजक रहनुभएका जुग्जाली गत स्थानीय तह निर्वाचनमा मालिका गाउँपालिका अध्यक्षमा एमालेबाट पराजित हुनुभएको थियो । उहाँ विसं २०७४ को स्थानीय तहमा मालिका गाउँपालिका-७ विमको वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो ।   रासस

Facebook Comments