Mon. May 6th, 2024

रसुवामा नेपाली कांग्रेसका मोहन आचार्य निर्वाचित

रसुवा, २०७९ मंसिर ६ गते मंगलबार । रसुवामा लोकतान्त्रिक–वाम गठबन्धनका उम्मेदवार मोहन आचार्य प्रतिनिधि सभा सदस्यमा विजयी हुनुभएको छ ।

नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार रहनुभएका उम्मेदवार आचार्य १८ हजार २ सय ३५ मत प्राप्त गर्दै विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी छेवाङ तामाङले ८ हजार ६ सय १४ मत प्राप्त गर्नुभएको छ ।

परिणाम जिल्ला निर्वाचन कार्यालयले आधिकारिक रूपमा घोषणा नगरेको भए पनि मतगणना सकिएको मुख्य निर्वाचन अधिकृत रामचन्द्र पौडेलले जानकारी दिनुभयो ।

कूल २८ हजार २ सय ११ मत गणना गर्दा २७ हजार ४ सय २७ मत सदर भएको थियो भने ७ सय ८४ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ । रासस

Facebook Comments