उदयपुर-२ बाट एमालेका उम्मेदवार रायमाझी निर्वाचित
उदयपुर, २०७९ मंसिर ६ गते मंगलबार । उदयपुर क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका अम्बरबहादुर रायमाझी निर्वाचित हुनु भएको छ ।
रायमाझीले १५ हजार २५१ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ भने उहाँका निकटतम् प्रतिस्पर्धी सत्ता गठबन्धनको तर्फबाट एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडाले १२ हजार ८९३ मत ल्याउनु भयो ।
त्यसैगरी स्वतन्त्र उम्मेदवार रामकुमार राईले १० हजार ३७९ मत प्राप्त गर्नु भयो।
Facebook Comments