Wed. Apr 24th, 2024

डेनमार्क र ट्युनिसियाबीचको खेल बराबरी   

काठमाण्डौं, २०७९ मंसिर ६ गते मंगलबार । कतारमा जारी फिफा विश्वकप फुटबल प्रतियोगिता २०२२ अन्तर्गत समूह डीको खेलमा डेनमार्क र ट्युनिसियाले गोलरहित बराबरी खेलेका छन् ।

दोहाको एजुकेसन सिटी स्टेडियममा आज भएको खेलमा निर्धारित समयसम्म दुवै टोलीले गोल गर्न नसक्दा खेल गोलरहित बराबरीमा सकिएको हो । यसखेलसँगै डेनमार्क र ट्युनिसियाले समान एक-एक अङ्क बाँडेका छन् । जारी विश्वकपमा गोलरहित बराबरी भएको यो पहिलो खेल हो ।

त्यसैगरी आजै हुने अर्को खेल समूह सीअन्तर्गत मेक्सिको र पोल्याण्ड भिड्नेछन् । उक्त खेल राति ९ः४५ बजे हुनेछ ।

Facebook Comments