प्रधान सेनापति शर्माद्वारा सुरक्षा स्थिती बारे जानकारी लिन मोरङ्ग, उदयपुर र काभ्रेपलाञ्चोकको भ्रमण
काठमाण्डौं, २०७९ कात्तिक ३० गते बुधबार । आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन-२०७९ को सुरक्षा स्थितीका बारेमा जानकारी हासिल गरी आवश्यक निर्देशन प्रदान गर्न प्रधान सेनापति महारथी प्रभुराम शर्माले कार्तिक २९ गते मोरङ्ग जिल्ला, थलाहास्थित श्री भैरव गण, उदयपुर जिल्ला, भुल्केस्थित श्री नं. १८ बाहिनी अड्डा, काभ्रेपलाञ्चोक जिल्ला, भकुण्डेवेसीस्थित श्री नं. २६ बाहिनी अड्डा र काभ्रेपलाञ्चोक जिल्ला, माझी गाउँमा कालीजंग गणले स्थापना गरेको Company Operating Base (COB) को निरीक्षण भ्रमण गर्नु भएको नेपाली सेनाले जनाएको छ ।
Facebook Comments