Sat. Apr 27th, 2024

राष्ट्रपति भण्डारी आइसल्याण्ड भ्रमणका लागि प्रस्थान   

राष्ट्रपति विद्यादेवी भण्डारी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षबाट सोमबार जनगणतन्त्र आइसल्याण्डको छ दिने औपचारिक भ्रमणका लागि त्यसतर्फ प्रस्थान गर्नुहुँदै । तस्बिर : किरणराज बिष्ट, रासस

काठमाण्डौं, २०७९ कात्तिक २१ गते सोमबार । राष्ट्रपति विद्यादेवी भण्डारी जनगणतन्त्र आइसल्याण्डको छ दिने औपचारिक भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गर्नुभएको छ ।


राष्ट्रपति बिद्या देवी भण्डारीको अनौपचारिकभ्रमणको लागि आइसल्याण्ड जादै। तस्बिर: किरणराज बिष्ट/रासस

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उहाँलाई उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले हार्दिक विदाई अभिवादन गर्नुभयो । यसअघि उहाँलाई सेनाको एक टुकडीले सम्मानगारत अर्पण गरेको थियो ।

महिला राजनीतिज्ञको विश्वव्यापी सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स (डब्लुपिएल)’ कार्यक्रममा सहभागी हुन राष्ट्रपति भण्डारी आइसल्याण्ड जानुभएको हो । राष्ट्रपति भण्डारीले ‘वुमन पोलिटिकल ट्रेलब्लेजर अवार्ड’ समेत ग्रहण गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

राष्ट्रपतिको भ्रमण दलमा उहाँकी छोरी उषाकिरण भण्डारी, मन्त्रालयका सचिव भरतराज पौड्याललगायत हुनुहुन्छ । भ्रमण पूरा गरी राष्ट्रपति भण्डारी कात्तिक २६ गते स्वदेश फर्कनुहुने कार्यक्रम छ ।

Facebook Comments