Tue. Apr 23rd, 2024

ढुंगाले हानेर हत्या ! त्यसपछि लिङ्ग काटेर आगो लगाइयो

झापा, २०७६ माघ २४ गते शुक्रबार

झापाको बिर्तामोड २ स्थित चारपानेमा गत माघ २० गते भएको बीभत्स हत्या मादक सेवनका कारण भएको खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय झापाले शुक्रबार पत्रकार सम्मेलन मार्फत हत्याको आरोपमा पक्राउ गरिएको दुइजनालाई सार्वजनिक गर्दै साे रहस्य बाहिर अाएको हो । जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी कृष्ण तिम्सिनाका अनुसार घटना सामान्य विवादका कारण भएको खुलेको हो । हत्या आरोपमा पक्राउ गरिएका बिर्तामोड नपा–२ चारपाने निवासी वर्ष २० का करण चौधरी र सोही स्थानका वर्ष २८ का लक्ष्मण यादवको बयानबाट उक्त कुरा बाहिर आएको जनाइएको छ ।

उनीहरु तीनै जनाले २० गते साँझ चारपानेकै एक होटलमा रक्सी सेवन गर्दा बिबाद भएको थियो । बिबाद भएपछि चौधरी र यादव भनाभनपछि बाहिर निस्किएर गएको प्रहरीको भनाइ छ । केही समय पछि फर्केर आउदा समेत मृतक भारतको अररिया जिल्लाको हसन महोल्ला निवासी बर्ष ४० को सुवास शेख त्यही रक्सी खाइरहेका थिए । त्यही भएपछि पुन बिबाद भएपछि हातहालाहाल भयो । दुबैजना मिलेर शेखलाई ढुङ्गा इट्टाले हानेर घाइते बनाइ लडाएका थिए ।

यसरी लडेर शक्त घाइते भएर बेहोसभएपछि शेखको चाँडै मृत्यु होस भनेर उसको लिङ्ग काटेको प्रहरीको बयानमा आरोपी चौधरी र यादवले स्वीकार गरेका छन् । यसरी आक्रमण गरिएका शेखको मृत्यु भएपछि अपराध लुकाउन नजिकैको परालभित्र हालेर आगो लगाएको बताएका छन् ।

उनीहरुबीचमा कुनै पुरानो रिसिवी नभएको र अचानक होटलमा मादक पदार्थ सेवन गरि बादबिबाद भएपछि अपराधको घटना भएको प्रहरीको अनुसन्धानमा खुलेको छ । प्रहरीले घटनामा सम्लग्नलाई तत्काल नै पक्राउ गरि अनुसन्धान गरेको थियो । अनुसन्धानबाट आरोपितले घटना स्वीकार गरेका प्रसस्त प्रमाण समेत फेला परेकाले घटनाको बिषयमा सार्वजनिक गरिएको एसपी तिम्सिनाले जानकारी दिनुभयो ।

उनीहरुको साथबाट लिङ्ग काट्न प्रयोग गरिएको चक्कु , चुरोट, मोवाइल लगायतका सामान समेत बरामद गरिएको जनाइएको छ । गोरखापत्र अनलाईनबाट

Facebook Comments