Sun. May 19th, 2024

प्रधानसेनापति ट्राइ एडभेन्चर मङ्सिरमा हुने   

काठमाण्डौं, २०७९ कात्तिक १७ गते बिहीबार । नेपाली सेनाको आयोजनामा हुने पाँचौ संस्करणको प्रधानसेनापति अन्तर्राष्ट्रिय ट्राइ एडभेन्चर प्रतियोगिता आगामी मङ्सिरमा हुने भएको छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय टोलीको सहभागिता रहने उक्त प्रतियोगिता आगामी मङ्सिर ९ गते हुने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा नेपाली सेनाका सेनानी एवं उक्त प्रतियोगिताका निर्देशक राजीव चन्दले जानकारी दिनुभयो । उहाँले उक्त प्रतियोगितामा सहभागी हुन चाहने इच्छुक टोलीले आगामी मङ्सिर १ गतेसम्म टिम दर्ता गराउन पाउनेसमेत बताउनुभयो । उक्त प्रतियोगितामा निःशुल्क टिम दर्ता गराउन पाइनेछ ।

दौड, साइक्लिङ र -याफटिङ समावेश हुने उक्त प्रतियोगितामा एक टिममा चार खेलाडी सहभागी हुनेछन् । प्रतियोगितामा पहिलो स्थान हासिल गर्ने टोलीले रु दुई लाख प्राप्त गर्नेछ भने दोस्रो हुने टोलीले रु एक लाख ६० हजार पाउनेछ । त्यसैगरी प्रतियोगितामा तेस्रोले रु एक लाख, चौथोले रु २० हजार र पाँचौँ हुने टोलीले रु १० हजार पाउनेछन् ।

Facebook Comments