बलिहाङ पर्वमा च्याब्रुङ नाच्दै
ताप्लेजुङ, २०७९ कात्तिक ९ गते बुधबार । ताप्लेजुङको सदरमुकाम फुङ्लङमा लिम्बू बलिहाङ तङनाम पर्वका अवसरमा च्याब्रुङ नाच्दै ।
पूर्वमा बसोबास गर्ने लिम्बू समुदायले तिहारलाई ‘बलिहाङ तङनाम’ पर्वका रुपमा मान्दै आएका छन् । देउसी भैलो खेल्नको साटो आफ्नै भाषामा बेलुका चन्द्रमा उदाउने समयमा ‘लारिङ्गेक’ र बिहान घाम झुल्किने समयमा ‘नाम्लिङ्गेक’ भन्दै च्याब्रुङ नाच्ने गर्छन् । तस्बिरः दिकुमार लिम्बू/रासस
Facebook Comments