Sun. May 19th, 2024

राष्ट्रपति भण्डारीको उपस्थितिमा देउसीभैली कार्यक्रम

काठमाण्डौं, २०७९ कात्तिक ७ गते सोमबार । राष्ट्रपति विद्यादेवी भण्डारीको समुपस्थितिमा तिहार पर्व-२०७९ का अवसरमा आज देउसीभैलो कार्यक्रम गरिएको छ ।

शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा सांस्कृतिक संस्थानले आयोजनामा उक्त देउसीभैलो कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रममा तिहारसम्बन्धी विशेष गीत÷सङ्गीत, नृत्य प्रस्तुत गरिएको थियो । राष्ट्रपति भण्डारीले सम्पूर्ण प्रस्तुति अवलोकन गर्नुभएको थियो । राष्ट्रपति कार्यालयमा प्रत्येक वर्ष तिहार पर्व मनाउने गरिन्छ ।

Facebook Comments