Fri. Apr 19th, 2024

त्रिमूर्तिमा देवकोटा जयन्ती : चार जनाबाट कविता वाचन

भिओके समाचार, काठमाण्डौं, २०७९ कात्तिक ८ गते मंगलबार । महाकवि लक्ष्मीप्रसाद देवकोटाको १ सय १४ औं जयन्तीका उपलक्ष्यमा साहित्यकार डा.तुलसी भट्टराई र त्रिमूर्ति निकेतनका संस्थापक तथा अध्यक्ष इन्दिरा प्रसाईले आज महाकवि देवकोटाको पूर्णकदको सालीकमा माल्यार्पण गर्नुभएको छ । त्यस अवसरमा उहाँहरुले कविशिरोमणि लेखनाथ पौडयाल र नाट्यसम्राट् बालकृष्ण समको पूर्णकदको सालीकमा पनि माल्यार्पण गर्नुभयो ।

सञ्चारग्रामस्थित त्रिमूर्ति निकेतनद्वारा आयोजित काव्यसभामा कविहरू ललिता दोषी, यादव भट्टराई, भगवती बस्नेत र रश्मि रिमालले कविता वाचन गर्नुभएको थियो ।

डा. तुलसी भट्टराईको प्रमुख आतिथ्यमा सञ्चालित कार्यक्रमका त्रिमूर्ति निकेतनका अध्यक्ष इन्दिरा प्रसाई, लेखनाथ पौडयाल काव्यसभाका संयोजक प्रा. केशव सुवेदी, बालकृष्ण सम फाउन्डेशनका संयोजक मदनदास श्रेष्ठ, लक्ष्मीप्रसाद देवकोटा प्रतिष्ठानका संयोजक प्रा.डा. महादेव अवस्थी र सदस्यसचिव नरेन्द्रराज प्रसाईले त्रिमूर्ति अर्थात् कविशिरोमणि, नाटयसम्राट् र महाकविले देखाएको बाटोमा हिँड्नु नै त्रिमूर्ति प्रतिको सच्चा श्रद्धाञ्जली हुनेछ भन्नुभयो ।

त्रिमूर्ति निकेतनका सदस्य सचिव नरेन्द्र राज प्रसाईका अनुसार  कविशिरोमणि, नाट्यसम्राट् र महाकविको सम्मानार्थ नइ प्रकाशनको संयोजनमा २०६१ सालमा त्रिमूर्ति निकेतनको स्थापना भएको हो ।

फोटो : त्रिमूर्ति निकेतनको फेसबुक पेज

Facebook Comments