Thu. May 2nd, 2024

भारतीय मूलका ऋषि सुनक बेलायतको प्रधानमन्त्री नियुक्त

भिओके समाचार, काठमाण्डौं, २०७९ कात्तिक ८ गते मंगलबार । कन्जरभेटिभ पार्टीका नेता ऋषि सुनक औपचारिक रूपमा बेलायतको प्रधानमन्त्री बन्नुभएको छ । राजा चार्ल्सले सरकार गठनका लागि बकिङ्घम दरबारमा आमन्त्रण गरेपछि ऋषि सुनक ५७ औँ प्रधानमन्त्री बन्नुभएको छ ।

सुनक बेलायती प्रधानमन्त्री बन्ने पहिलो एसियाली मूलका नागरिक हुनुहुन्छ । ४२ वर्षका सुनक दुई सय वर्षको इतिहासमा बेलायतको कान्छो प्रधानमन्त्री पनि बन्नुभएको छ । बेलायतमा यसअघि देखिएको राजनीतिक र आर्थिक समस्यापछि उहाँ स्थिरताको वाचासहित पद सम्हाल्न लाग्नुभएको हो ।

प्रधानमन्त्री लिज ट्रसले कार्यभार सम्हालेको ४५ दिनमै राजीनामा दिएपछि सुनक प्रधानमन्त्री बन्नुभएको हो । विपक्षीहरूले आम चुनावको माग गरे पनि सुनकले अस्वीकार गर्नुभएको छ ।

Facebook Comments