Sun. May 19th, 2024

वाङ्मय शताब्दी पुरुषको निधनमा सरकारले सार्वजनिक बिदा दिने

भिओके समाचार, काठमाण्डौं, २०७९ असोज ३० गते आईतबार । वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा सरकारले सार्वजनिक बिदा दिने भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले जोशीको निधनमा शोक व्यक्त गर्नुभएको छ । उहाँको निधनमा सरकारले शोक व्यक्त गर्दै सार्वजनिक बिदा दिने निर्णय गर्ने मन्त्री श्रेष्ठले बताउनु भएको छ । यद्यपि सरकारले निर्णय गरिसकेको छैन । आइतबार दिउँसो ललितपुर महानगरपालिका परिसरमा जोशीलाई अन्तिम श्रद्धाञ्जली दिन पुग्नुभएको मन्त्री श्रेष्ठले पत्रकारहरुसँगको कुराकानीमा आफूले एक दिन बिदा दिनेबारे प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरेको बताउनु भएको छ ।

‘शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा सरकारको तर्फबाट शोकको रुपमा एक दिन राष्ट्रिय बिदा दिने निर्णय भएको छ, यसको आधिकारिक सूचना सरकारी माध्यमबाट आउनेछ’ मन्त्री श्रेष्ठले भन्नुभयो ।

Facebook Comments