Fri. Apr 26th, 2024

पाकिस्तानी घरेलु क्रिकेटको पारिश्रमिकमा वृद्धि

काठमाण्डौं, २०७९ असोज ९ गते आईतबार । पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले जारी २०२२-२३ सिजनका लागी घरेलु खेलाडीहरूको मासिक अनुबन्धन र म्याच फि वृद्धि गरेको छ ।

पीसीबीको नयाँ वित्तीय मोडल अनुसार, काइद-ए-आजम ट्रफी खेल्ने खेलाडीले यस अघि ६० हजार पाकिस्तानी रुपयाँ पाउँदै आएको मा अव १ लाख पाकिस्तानी रुपयाँ पाउँनु हुनेछ । पाकिस्तान कप र राष्ट्रिय टी-२० समित ओभर क्रिकेट प्रतियोगिता खेल्ने ( एकदिवसीय र टि-२० ) खेलाडीले ६० हजार पाकिस्तानी रुपयाँ प्राप्त गर्नु हुनेछ । यस अघी उहाँहरुले ४० हजार पाउँदै आउनु भएको थियो ।

पाकिस्तानको घरेलु सिजन अगस्ट ३० मा राष्ट्रिय टी-२० बाट सुरु भएको थियो । इएसपीएन क्रिकईन्फोका अनुसार पीसीबीले यस घरेलु सिजनका लागी पाँच विधामा १ सय ९२ खेलाडीलाई सम्झौता दिनेछ ।

Facebook Comments