Tue. May 14th, 2024

राष्ट्रपति भण्डारीविरूद्ध सर्वोच्च अदालतमा रिट

काठमाण्डौं,  २०७९ असोज ६ गते बिहीबार । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान अनुसार नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै उहाँ विरूद्ध सर्वोच अदालतमा आज रिट परेको छ ।

संघीय संसदको दुवै सदनले दोस्रोपटक पारित गरेर प्रमाणीकरणका लागि पठाएको नागरिकता विधेयक राष्ट्रपति भण्डारीले अस्वीकार गरेपछि ‘संसदीय सर्वोच्चता र संविधानको ठाडो उल्लंघन’ गरेको भन्दै  सुनिल रञ्जनसिंह लगायतले सर्वोच्चमा रिट हाल्नु भएको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेले बताउनु भएको छ ।

प्रवक्ता पौडेलले यो बाहेक अरू पनि रिट परेको जानकारी दिनुभएको छ ।

Facebook Comments