Sun. May 19th, 2024

रुकुमपूर्वमा भएको बस दुर्घटनामा ४ जनाको मृत्यु

काठमाण्डौं,  २०७९ असोज ६ गते बिहीबार । रुकुमपूर्वको भूमे गाउँपालिका वडा नम्बर ३ मा बस दुर्घटना हुँदा चार जनाले ज्यान गुमाएका छन् ।

काठमाडौंबाट रुकुम पूर्वको रुकुमकोट आइरहेको ग १ ख ९१०९ नम्बरको यात्रुवाहक बस आज दिउँसो क्याङसी बगरमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेर अन्य १४ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रकाश डाँगीले जनाकारी दिनुभएको छ । मृतकको सनाखत हुन र घाइतेको परिचय खुल्न बाँकी रहेको छ ।

बस अनियन्त्रित भएर सडकबाट तल खसेको प्रहरीले जनाएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

Facebook Comments