Tue. Dec 24th, 2024

दुई सय मीटर अग्लो व्यावसायिक भवनमा भीषण आगलागी (भिडियो सहित)

काठमाण्डौं, २०७९ भदौं ३१ गते शुक्रबार । चीनको हुनान प्रान्तको छाङ्सा शहरस्थित एउटा व्यावसायिक भवनमा भीषण आगलागी भएको छ ।

स्थानीय सञ्चारमाध्यमले शुक्रबार दिएको जानकारी अनुसार छाङ्साको शहरी क्षेत्रमा रहेको चाइना टेलिकमको भवनमा १६ सेप्टेम्बर दिउँसो ठूलो आगलागी भएको हो । घटनास्थलबाटबाक्लो धुवाँ निस्किएको र डरलाग्दो आगोको लप्का दन्किएको देखिन्थ्यो । सो भवनका दर्जनौं तल्लाहरू नराम्ररी जलेका छन्।

घटनास्थलमा पुगेर उद्धारकर्मीहरूले दमकलको सहयाताले निक्कै लामो मेहनतपछि आगो नियन्त्रणमा लिएका थिए । भवनमा लागेको आगो अहिले निभाइएको छ । उक्त भवनको निर्माण सन् २००० मा छाङ्सा शहरको पूर्वी दोस्रो चक्रपथमा गरिएको थियो । सो भवनको उचाइ २१८ मिटर रहेको छ । छाङ्सा शहरमा निर्माण भएको २०० मिटर भन्दा अग्लो यो पहिलो भवन हो । आगलागीबाट भएको क्षतिको थप विवरण आउन बाँकी रहेको छ । अधिकारीहरुले यस घटना बारे थप अनुसन्धान भइरहेको जनाएका छन् । सीएमजी

Facebook Comments