Fri. Apr 26th, 2024

आजदेखि टेलिकमको निःशुल्क ई-सिम

काठमाण्डौं, २०७९ भदौं ३१ गते शुक्रबार ।  नेपाल टेलिकमले शुक्रबारदेखि निःशुल्क ई-सिम (इम्बेडेड सिमकार्ड) वितरण गर्ने निर्णय गरेको छ ।

हाल ‘फिजिकल सिम’ प्रयोग गरिरहेका टेलिकमका ग्राहकका पोस्टपेड र प्रिपेड सिमलाई निःशुल्क ई-सिममा परिवर्तन गर्न सकिने नेपाल टेलिकमले जनाएको छ ।  टेलिकमले नयाँ पोस्टपेड लिन चाहने ग्राहकलाई हालको बिक्री मूल्यमा ई-सिम उपलब्ध गराउने निर्णय गरेको छ ।

ई-सिम एक प्रकारको भर्चुअल अर्थात् इलेक्ट्रोनिक (इम्बेडेड) सिम हो जसको प्रयोगले भौतिक रूपमा प्रयोग गरिने सिमकार्डको आवश्यकता पर्दैन। ईसिमलाई स्मार्ट वाच तथा अन्य डिभाइसहरूमा समेत प्रयोग गर्न सकिन्छ ।

Facebook Comments