Thu. May 16th, 2024

चेल्सीका प्रशिक्षक टचेल बर्खास्त

भिओको समाचार/काठमाण्डौं, २०७९ भदौं २२ गते बुधबार । इङ्लिस क्लब चेल्सीले मुख्य प्रशिक्षक थोमस टचेललाई बर्खास्त गरेको छ ।

युरोपियन च्याम्पियन्स लिगको पहिलो खेलमा चेल्सी मंगलबार डाइनामो जग्रेबसँग १-० ले पराजित भएको थियो । त्यसको एक दिनपछी क्लबले टचेललाई बर्खास्त गरेको हो ।

सोचेअनुरुपको नतिजा प्राप्त गर्न नसकेपछि चेल्सीले टचेललाई बर्खास्त गरेको हो । टचेलले सन् २०२१ मा फ्रायंक लाम्पार्डलाई प्रतिस्थापन गर्दै चेल्सीको मुख्य प्रशिक्षक बन्नु भएको थियो ।

‘चेल्सीको तर्फबाट हामी थोमस टचेल र उनका स्टाफहरुलाई क्लबमा आफ्नो समयका गरेको प्रयासहरुका लागि कृतज्ञता व्यक्त गर्न चाहन्छौं,’ क्लबले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘चेल्सीलाई च्याम्पियन्स लिग, सुपर कपर क्लब विश्वकप जिताएका टचेलले क्लबको इतिहासमा सही स्थान पाउनेछन् ।’

प्रिमियर लिगमा ६ खेल खेलबाट १० अंक जोडेको चेल्सी तालिकाको छैटौं स्थानमा छ ।

Facebook Comments