Mon. May 6th, 2024

कोरोना संक्रमणको कारण ३ जनाको मृत्यु, थप २ सय ६ जना संक्रमित

भिओके समाचार/काठमाण्डौं, २०७९ भदौं १७ गते शुक्रबार । नेपालमा थप २ सय ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको १ हजार ५ सय ९५ पिसिआर परिक्षणका क्रममा १ सय ३४ जना र १ हजार २ सय ७४ एन्टीजेन परिक्षणका क्रममा ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण थप ३ जनाको मृत्यु भएको छ ।

हालसम्म नेपालमा कोरोनाका कारण १२ हजार ५ जनाको मृत्यु भइसकेको छ । त्यस्तै थप ३ सय ९८ संक्रमित निको भएका छन् । हाल नेपालमा २ हजार ८ सय ९१ सक्रिय संक्रमित आइशोलेनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Facebook Comments