जोर्डन र नर्वेका विदेशमन्त्रीबीच भेटवार्ता
काठमाण्डौं, २०७९ भदौं १४ गते मंगलबार । जोर्डनका विदेशमन्त्री अयमान सफादीले सोमवार नर्वे भ्रमण गर्नुभएको छ । उक्त भ्रमणमा उहाँले आफ्ना नर्वेजियन समकक्षी एनिकेन हुइटफेल्डसँग द्विपक्षीय सहयोग विस्तार गर्ने बारेमा छलफल गर्नुभएको छ ।
जोर्डनको राजधानी शहरमा भएको भेटमा दुई मन्त्रीले आर्थिक, व्यापार, पर्यटन, वातावरण संरक्षण र खाद्य सुरक्षा सम्बन्धी साझेदारीलाई अगाडि बढाउने कुरामा जोड दिनुभयो । उक्त भेटवार्तामा रक्षा सहयोग र आतंकवाद विरोधी प्रयासहरू बारेमा पनि छलफल भएको जोर्डनको विदेश मन्त्रालयले जनाएको छ । यसका साथै प्यालेस्टिनी समस्या, सिरियाको सङ्कट, इराकलाई समर्थन, क्षेत्रीय सुरक्षा र स्थायित्वका प्रयासका साथै युक्रेनी सङ्कटको नतिजालगायत क्षेत्रीय घटनाक्रममा पनि वार्ता भएको थियो ।
विदेशमन्त्री सफादीले एक संयुक्त पत्रकार सम्मेलनमा इजरायल-प्यालेस्टाइन द्वन्द्वको समाधान, प्यालेस्टाइनको अर्थतन्त्र र निकट पूर्वमा प्यालेस्टाइन शरणार्थीहरूका लागि संयुक्त राष्ट्रसंघको राहत र कार्य एजेन्सीलाई समर्थन गर्न नर्वेजियन पक्षले लिएको स्पष्ट अडानको प्रशंसा गर्नुभएको छ । प्यालेस्टिनी र इजरायलीहरूको समस्या समाधानका लागि गम्भीर र प्रभावकारी शान्ति वार्ता पुन: सुरु गर्न जोर्डनको प्रयाससँग नर्वेली मन्त्री परिचित भएको जानकारी दिनुभएको छ । एजेन्सी