Thu. May 16th, 2024

कोरोना भाइरसबाट दक्षिण कोरियामा थप ४३ हजार सङ्क्रमित

काठमाण्डौं, २०७९ भदौं १३ गते सोमबार । दक्षिण कोरियामा कोरोना भाइरसबाट थप ४३ हजार सङ्क्रमित भएका छन् ।

सरकारी अधिकारीहरुले सोमबार दिएको जानकारी अनुसार पछिल्लो एक दिनमा ४३ हजार १ सय ४२ जना सङ्क्रमित भएका हुन् । योसँगै दक्षिण कोरियामा कोरोना भाइरसबाट अहिले सङ्क्रमित भएकाहरुको कुल सङ्ख्या २ करोड ३० लाख २६ हजार ९ सय ६० पुगेको छ । केहीदिन अघिसम्म दैनिक एक लाखभन्दा बढी सङ्क्रमित हुने गरेकोमा अहिले घटेर एक लाखभन्दा धेरै कम भएको छ ।

अघिल्लो हप्ता पनि औसतमा दैनिक १ लाख ४ हजार नयाँ सङ्क्रमित हुने गरेको स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । अहिले सङ्क्रमित अवस्थामै रहेका मध्ये ५ सय ९७ जना गम्भीर अवस्थामा रहेका छन् । तीमध्ये १६ जना पछिल्लो एक दिनमा थपिएका हुन् । पछिल्लो २४ घण्टामा कोरोनाका कारण ४९ जनाको मृत्यु भएको छ । योसँगै दक्षिण कोरियामा कोरोनाका कारण अहिलेसम्म २६ हजार ६ सय १८ जनाको मृत्यु भएको छ । एजेन्सीको सहयोगमा

Facebook Comments