Fri. May 17th, 2024

स्वास्थ्य क्षेत्रको सुधारका लागि माग पुरा नभए भदौ २७ गतेदेखि सत्याग्रह सुरु गर्ने डा. गोविन्द केसीको चेतावनी

काठमाण्डौं, २०७९ भदौं १२ गते आईतबार । डाक्टर गोविन्द केसीले स्वास्थ्य क्षेत्रको सुधारका लागि अघि सारेको माग पुरा नभए भदौ २७ गतेदेखि सत्याग्रह सुरु गर्ने चेतावनी दिनुभएको छ ।

आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै केसीले वर्तमान सरकारले स्वास्थ्य र मेडिकल शिक्षा क्षेत्रलाई थप अस्तव्यस्त पार्ने कदमहरु चालेको भन्दै यस क्षेत्रको सुधारका लागि आफुले अघि सारेका ६ बुँदे माग पुरा नभए सत्याग्रह सुरु गर्ने चेतावनी दिनुभएको हो ।

उहाले बिभिन्न बिषयमा आफुहरुले सरकारको ध्यानाकर्षण गराउदा पनि कुनै सुनुवाई नभएकाले अव धैर्य गर्न सक्ने अवस्थामा नरहेको बताउनुभयो । केसीले स्वास्थ्य सेवामा सुधारका लागि तोकिएको दरबन्दी अनुसारको क्षमताभन्दा बढी बेडमा चलिरहेका देशका सबै सरकारी अस्पतालहरुको दरबन्दी तत्काल हालको बेड संख्या अनुसार बढाउनुपर्ने माग गर्नुभएको छ ।

जनसंख्या वृद्धि अनुसार सरकारी स्वास्थ्य केन्द्र र अस्पतालहरुको निर्माण, स्तरोन्नति र गुणस्तर वृद्धि सुनिश्चित गर्नुपर्ने पनि उहाँले बताउनुभयो । आधारभूत स्वास्थ्य सेवा निःशुल्क गरिनुपर्ने, स्थानीय निकायको बजेटको आधा हिस्सा स्वास्थ्य क्षेत्रमा लगानी गरिनुपर्ने, सार्वजनिक पदमा बस्नेहरुको स्वार्थको द्वन्द्व रोक्न तत्काल कानूनी व्यवस्था गर्नुपर्ने लगायतका माग अघि सारिएको उहाले बताउनुभयो ।

Facebook Comments